Rule 5
प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कनको लागि कार्यसूची स्वीकृत गर्नु पर्ने
(१) प्रारम्भिक वातावरणीय परीक्षण गर्नु पर्ने प्रस्तावको हकमा प्रस्तावकले सोको प्रतिवेदनको लागि अनुसूची–३ बमोजिमको ढाँचामा कार्यसूची बनाई सो कार्यसूची सम्बन्धित निकायबाट स्वीकृत गराउनु पर्नेछ ।
(२) वातावरणीय प्रभाव मूल्याङ्कन गर्नु पर्ने प्रस्तावको हकमा प्रस्तावकले सोको प्रतिवेदनको लागि नियम ४ बमोजिम मन्त्रालयले निर्धारण गरेको क्षेत्र समेतको आधारमा अनुसूची–४ बमोजिमको ढाँचामा कार्यसूची बनाई सो कार्यसूची मन्त्रालयबाट स्वीकृत गराउनु पर्नेछ ।
तर कुनै प्रस्तावकले वातावरणीय प्रभाव मूल्याङ्कन गर्नु पर्ने प्रस्तावको प्रवितेदन तयारीको लागि नियम ४ बमोजिमको क्षेत्र निर्धारण र कार्यसूची बनाई सम्बन्धित निकायको राय सहित मन्त्रालयमा एकै पटक पठाएमा मन्त्रालयले एकै पटक क्षेत्र निर्धारण र कार्यसूची स्वीकृत गरी दिन सक्नेछ ।
(२क) कुनै प्रस्तावको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन गर्नु पर्ने भएमा प्रस्तावकले क्षेत्र निर्धारण र कार्यसूची स्वीकृत गराउने प्रक्रिया बाहेक यस नियमावली बमोजिमको अन्य सबै प्रक्रिया पूरा गर्नु पर्नेछ ।
स्पष्टीकरण ः यस नियमावलीको प्रयोजनको लागि पूरक वातावरणीय प्रभाव मूल्याङ्कन भन्नाले एकपटक स्वीकृत भई सकेको वातावरणीय प्रभाव मूल्यांकन सम्बन्धी प्रस्तावमा आंशिक रुपमा भौतिक पूर्वाधार, डिजाईन वा स्वरुप परिमार्जन गर्ने, संरचना स्थानान्तरण वा फेरबदल गर्ने, वन क्षेत्र वा आयोजनाको क्षमता थप गर्नको लागि पेश भएको प्रस्ताव उपर पुन गरिने वातावरणीय प्रभाव मूल्यांकन सम्झनु पर्छ ।
(३) उपनियम (१) र (२) बमोजिम कार्यसूची स्वीकृत गर्दा प्रस्तावको प्रकृति अनुसार सम्बन्धित निकाय वा मन्त्रालयले त्यस्तो कार्यसूचीलाई आवश्यकता अनुसार सामान्य हेरफेर वा परिमार्जन गर्न सक्नेछ ।